• Recent

    धनुषामा नक्कली नागरिकता, लगायत सरकारी कागजात बिक्री गर्ने , चारजना पक्राउ

    २८ मंसिर, 
    धनुषा  जनकपुरधाम मा जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगीको सहयोगमा  नक्कली नागरिकता बिक्री गर्ने गरेको खुल्न आएको छ  । कार्यालय सहयोगी सहित नक्कली नागरिकता बिक्री गर्ने गिरोहका  ४ जना पक्राउ परेपछि यस्तो रहस्य खुल्न गएको हो । 
    यसरी पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२० देवपुरा रुपैठा का ३९ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका-५ का ४९ वर्षीय गंगा साह, रौतहटको दुर्गा भगवती गाउँपालिका-४ घर भइ जनकपुर उपमहानगरपालिका- ४ बस्ने हेमन्तकुमार पाण्डे र जनकपुर उपमहानगरपालिका-४ बस्ने जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डल रहेका छन् । 

    रोशनकुमार चौधरीको कोठामा विभिन्न व्यक्तिहरुको नक्कली नागरिकता, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइसराइँको प्रमाण बनाउने कार्य गरेको भन्ने गोप्य सुचना पाएपछी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपेन्द्र शाहीले बताएका छन  । 
    रोशनकुमार चौधरीको  कोठामा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको नाम सहितको नागरिकताको प्रमाणपत्र,  नाम नभरेको नेपाली नागकिरताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको स्ट्याम्प , टोली प्रमुखको स्ट्याम्प , नगरपालिकाको स्ट्याम्प , वडाध्यक्षको छाप, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्तासहितको सम्पूर्ण   प्रमाण पत्रहरुको ठेली, नागरिकता फारमको ठेली, नागरिकतामा टाँसने होलोग्राम र नगद एक लाख ५३ हजार बरामद  समेट प्रहरीले बरामद गरेको हो  । 

    उनिहरुले  नक्कली नागरिकता ,राहदानी, मृत्यु दर्ता, जन्म दर्ता र बसाइसराइँको प्रमाणपत्र समेट बनाउने गरेको पाइएको छ ।  धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप कीर्ते र नागरिकता मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको डीएसपी शाहीले  बताए । 
    प्रशासनकै कर्मचारीको मिलोमतो रहेको आशंका रहेकोले कर्मचारीहरुमाथि समेत छानबिन गरी कारवाही प्रक्रिया थालिने डीएसपी शाहीले  बताए । 

    Loading...