• Recent

    नेपाल मगर महिला संघ तिलोत्तमा नगर समिती रुपन्देहीको दोस्रो अधिबेशन सम्पन्न

    मङ्सिर २९ 
     नेपाल मगर महिला संघ तिलोत्तमा नगर समिती रुपन्देहीको दोश्रो नगर अधिबेशन सम्पन्न भएको छ । प्रथम सहिद क्या.लखन थापा स्मृति भवन कोटिहवा रुपन्देही को सभाहलमा भएको नेपाल मगर महिला संघ नगर समिति रुपन्देहीको दोश्रो अधिबेशनमा सभा अध्यक्ष मीन कुमारी पाटा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
    उक्त कार्यक्रममा प्रमुख अथिति नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष गिता सारु मगर, विशिष्ट अतिथिमा नेपाल मगर महिला संघ रुपन्देहीका सचिव केशरी गाहा मगरको उपस्थिति रहेको थियो । 

    कार्यक्रमको सभाबाट अध्यक्ष पदको लागी सर्बसहमत चयन हुनु भएका राधिका श्रीस मगर, उपाध्यक्ष पदमा गिता बिर्कट्टा मगर, सचीव पदमा मनमाया थापा मगर, सह सचीव पदमा सीता सिंजाली मगर र कोषाध्यक्ष पदमा गायत्री थापा मगर गरी जम्मा २१ जनाको नयॉं समिती चयन भयको छ ।

    Loading...