• पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ फेरि घट्याे

    पुस ३, २०७५ मंगलबार
     पेट्रोलियम पदार्थको भाउ  नेपाल आयल निगमले घटाएको छ । मंगलबार बसेको निगमको बैठकले मट्टितेल, डिजल र पेट्रोलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ घटाएको मूल्य अनुसार  डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ यस्तै  पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ ।  

    आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।  मंसिर १७ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २ रुपैयाँका दरले घटाएको थियाे । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको थियाे भने यस्तै डिजल र मट्टितेलकाे भाउ ९९ रुपैयाँ प्रतिलिटरमा झरेकाे थियाे । 
    मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट डिजेल  मट्टितेल पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार साविकको मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाई समायोजन गरेपछि पेट्रोलमा प्रति लिटर १३.७१ रुपैयाँ नाफा¸ डिजेलमा प्रति लिटर ९.८५ रुपैयाँ नाफा हुने निगमले जनाएकाे छ । 
    खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २८४.८३ रुपैयाँ घाटा रहने जनाउँदै समग्रमा मट्टितेल र ए.टी.एफको नाफासमेत मिलाउँदा निगमलाई आउँदाे १५ दिनमा झण्डै ८८ करोड २२ लाख रुपैयाँ बचत हुने निगमले जनाएकाे छ । 
    समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको ११० रुपैयाँ प्रति लिटर, डिजेल र मट्टितेलको ९७ प्रति लिटर र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत छ ।  कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएकाले नेपाल आयल निगमले नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने जनाएको छ ।