• Recent

    विक्रम बराललाई पोखरामा शनिबार भव्य स्वागत

     २०७५ मंसिर २३ पोखरा :
    नेपाल आइडल सिजन २  अन्तिम चारमा पर्न सफल विक्रम बराललाई पोखरामा शनिबार भव्य स्वागत गरिएको छ।  नेपाल आइडल सिजन २ को  टप 4 मा परेपछि उनी गृहनगर पोखरा आएका हुन्।  

    उनलाई स्वागत गर्न  पोखरा विमानस्थलमा उनका शुभचिन्तकको भिड लागेको थियो। टप फोरमा पुग्न सफल भएकोमा बराललाई स्वागत गर्न पञ्जेबाजासमेत बजाइएको थियो। पोखरा विमानस्थलबाट उनलाई बाजागाजासहित नेपाल आइड–२ मा जित्न सफलता मिलोस भन्दै पोखराका विभिन्न स्थानमा परिक्रममा गरिएको थियो। 

    नेपाल आइडल सिजन २  मा पोखराको  विक्रम बरालले राम्रो प्रस्तुति दिइरहेका छन्। विक्रम नेपाल आइड–२ बन्नेमा पोखरेलीको विश्वास छ। स्मरण रहोस्  नेपाल आइडलको पहिलो सिजन्को उपाधी पोखराकै बुद्द लामाले जितेका थिए अध्ययन र संगीत दुबै क्षेत्रमा अब्बल विक्रम नेपाल आइडल–२ मा पनि उत्कृष्ट भएर नेपाल आइडल बन्नेमा विश्वस्त रहेको उनका संगीत गुरु नवराज बरालले जनाए । नवराज पहिलो नेपाल आइडल बुद्ध लामाका पनि संगीत गुरु हुन्। विक्रम बराल अध्ययनमा पनि अब्बल छन्।
      विक्रम  मदरल्याण्ड उच्च माविका विद्यार्थी प्लस टुमा कास्की जिल्ला टपर हुन्। BBSमा पनि उनले विशिष्ट श्रेणी ल्याएका छन्। अध्ययन र संगीतलाई सँगसँगै अघि बढाएका बरालले संगीतमा करिअर खोज्ने बताए । उनले नेपाल आइडलको पहिलो संस्करणमा परीक्षा परेकाले बिचैमा छाडेका थिए। घरमा आमाले नै संगीतलाई माया गर्ने र बाबा पनि गीत संगीत भने पछि हुरुक्क हुने भएकोले संगीतमा रुची बढेको उनले सुनाए। कक्षा ५ मा अध्ययन गर्दा गाएको एउटा गीतबाट गुरुबाट प्रशांसा पाएपछि उनमा सानैदेखि गीत संगीततर्फ आकर्षण बढेको थियो। 

    विक्रमले पत्रकार सम्मेलनमा आफूले पोखरेली, गण्डकी प्रदेश र सम्पूर्ण नेपालीका माया पाउने उनले विश्वास गरे।  उनले आफ्नो सांगीतिक यात्राका बारेमा छोटो जानकारी दिए। 
    यो पनि हेर्नुस् सागर आले धमाका  : 


    Loading...