• Recent

    दाङमा विद्यार्थीहरू चढेको बस दुर्घटना, १६ को मृत्यु ११ जना घाइते

    दाङ  पुस ६  । 
    दाङको तलुसीपुर -३ राम्री भन्ने ठाउँमा शैक्षिक भ्रमणमा गएको विद्यार्थीहरू चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

    बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छाया क्षेत्र गएर फर्किएका घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थीहरू चढेको बा 4 ख 9766 नम्बरको बस सडकबाट झ०डै ६/७ सय मिटर तल खसको हो 
    ।  दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ शव फेला तर, सनाखत हुन बाँकी रहेको  जिल्ला  प्रहरी दाङ ले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ जनालाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ । बसमा ३४ जना विद्यार्थी, 2  शिक्षक र चालक सवार रहेका  थिए