• Recent

    हार्दिक श्रद्धाञ्जली: कैयौ सपना बोकेका विद्यार्थीहरुको यहि तस्विर बन्यो अन्तिम सम्झना

    ठुलो सपना बोकेर पढ्न दाङ आएका धेरै जिल्लाका २३ जना विद्यार्थीहरुले अकालमै यो धर्ती छोडेर जानुपर्यो । दाङको राम्रीमा भएको बस दुर्घटनामापरि ज्यान गुमाएका २३ जना विद्यार्थीले यति बेला सबैलाई स्तब्ध बनाएका छन। 


     प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका हुन ।राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएकोहो । 

    २२ जना घटनास्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । 

    करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु भएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

     बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । दुर्घटना शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनामा परेको थियो  ।
    Visit For Nepali Tech information & updates