• किशोरी माथि प्रेममा धोका दिएको भन्दै छुरा प्रहार

    वीरगञ्ज   पुस  
    पर्साको जिल्लाको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक छात्रा गम्भीर घाइते भएका छन । पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई पर्सागढी नगरपालिका-२  भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन । 

     छुरा प्रहार गर्ने जयकिशोर पक्राउ भैईसकेका छन । घाइते  सकुन्तलाको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । सकुन्तला बडनिहारमा रहेको जनता उच्च कक्षा ११ का बिद्यार्थी हुन  । डा. ओम प्रकाश कुशवाहाका अनुसार अहिले सकुन्तलाको अवस्था सुधार भैरहेको छ  ।  स्टाब इन्जुरी, चक्कुले लेफ्ट लोवर लिपमा प्रहार भएको छ । ७ सेन्टिमिटर काटेको छ’ उनले भने, ‘ काडिर्योभास्कुलर, जनरल र अर्थोपेडिक सर्जनले मिलेर शल्यक्रिया गर्नुहुन्छ । 

    आउँदा खेरि ब्लड प्रेसर थिएन, अहिले ठीक छ । आउँदा खेरिको भन्दा अहिले निकै सुधार भएको छ ।’ यस्तो छ जयकिशोरको बयान अनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहे समेत गरेको दावी जयकिशोरको छ । जयकिशोर ट्रकमा हिंड्थे । तर, प्रेम सम्बन्धमा रहेका बेला सकुन्तलाले नै ट्रकमा हिंड्न नदिएको बताए। 

    पहिले आफैले माया गर्छु भनेर बिहेसमेत गरी अहिले अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले छुरा प्रहार गरेको जयकिशोर बयानका दिएका छन् ।  छुरा प्रहार गरेका जयकिशोर विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक -डीएसपी) मानबहादुर राईले जानकारी दिए । 

    आक्रोशित स्थानीयवासीले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै  प्रहरी चौकी मनवाको पर्खालसमेत भत्काइदिएका छन् । घटनाको विषयलाई लिएर स्थानीयवासी उग्ररुपमा प्रस्तुत भएपछि झडपसमेत भएको थियो । झडप रोक्न  थप सुरक्षा फौज बोलाइएको थियो । 
    Visit For Nepali Tech information & updates