• Recent

    जापानले नेपाली कामदार लाने नयाँ नीति पारित गर्‍याे

    काठमाडौं 
    पुस १०, २०७५
    जापान जान चाहने नेपाली कामदारहरुलाई अझ खुशीको खबर छ, हालै  जापानको मन्त्रिपरिषदले विदेशी कामदार भित्र्याउने नीति पारित गरेको छ । 

    नयाँ नीति बनेसँगै नेपालसहित ९ देशका कामदार जापान जान पाउने भएका छन् । आउँदो ५ वर्षमा जापानले नयाँ नीतिमार्फत ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने जनाएको छ  । नयाँ कामदार भर्नाको प्रक्रिया भने आउँदो चैत १५ सम्ममा टुँगो लगाउने जापान सरकारले जनाएको छ ।

     १४ औद्योगिक क्षेत्र सहित नर्सिङ, निर्माण तथा सरसफाईमा विदेशी कामदार प्रयोग गर्ने जापानको तयारी रहेको छ । विभिन्न देशका कामदारलाई सजिलो बनाउन अंग्रेजी, चाइनिज, कोरियन, स्पेनिस, भियतनामिज, थाइ, पोर्चुगिज, इण्डोनेशिएन, नेपाली र टागालग भाषा परिवर्तनका एप्लिकेशन प्रयोगबाट काममा सजिलो बनाउने जापानले तयारी गेको छ ।

     नेपालले पनि आवश्यक तयारी थाल्ने श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताउनुभयो । यो विषयमा अब जापानसँग छलफल गरिने पनि उहाँले जानकारी दिनुभयो । १८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र कुनैपनि दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न पनि नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ ।

    Loading...