• Recent

    भोजपुरमा बस दुर्घटना : एकको मृत्यु १० घाइते

    पुस १४, २०७५ 
     भोजपुरबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकै देउरालीमा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बसमा सवार  चालकसहित १० जना गम्भीर घाइते भएका छन् । 
    सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको  । पारुहाङ यातायातको बसमा १६ जना यात्रु  सवार रहेका थिए 

    दुर्घटनामा  रामप्रसाद राई गाउँपालिका ८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका ३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका १०, भैँसीपंखाकी सीताकुमारी राई, भोजपुर सदरमकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका ४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिंह तामाङ, भोजपुर नगरपालिका १० भैँसीपंखाकी दिलमाया तामाङ, झापा 

    विर्तामोडका विनोद भुषाल र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएका छन्  । घाइतेमध्ये गम्भिर घाइते भएका विष्णुमाया कार्की, दिलमाया कार्की, सीताकुमारी राई र बस चालक आसाराम सरदारलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । अन्य घाइतेलाई प्राथमिक उपचारपछि घर फर्काइएको  छ ।