• मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङको दाङ जिल्ला प्रशिक्षण सम्पन्न

    15  पौष दाङ । 
    मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ केन्द्रिय सभाको आयोजनामा शनिबार दाङ्को तुलसीपुरमा प्रथम दाङ जिल्ला प्रशिक्षण तथा चिया पान कार्यक्रम् सम्पन्न भएको छ । 

    बच्चु कैलाश को अध्यक्षता तथा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुङ केन्द्रिय सभाका मूलसचिव नरबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ केन्द्रिय सभाका केन्द्रिय सदस्य नरेन्द्र थुलुङले प्रशिक्षण दिनु भएको थियो ।

    नेपालमा मंगोलहरु नै मूलवासी भएको र ८० प्रतिशत जनसङ्ख्या मंगोलहरु भए पनि उनीहरु जातिय विभेदमा परेको र राज्यवाट ठगीएको कार्यक्रम्मा बोल्ने बत्ताहरुले बताएका थिए । कार्यक्रममा प्रमुख अतिथी नरबहादुर दर्लामीले आदिवासी भनेको वसाइ सर्ने र जनजाती भनेको घुमन्ते फिरन्ते भन्ने अर्थ लागाउँदै सरकारले आदिवासी जनजातीको नाममा केही आरक्षण कोटाहरु छुट्याउँदै मा मंगोलहरु मख्ख परेर नबस्ने बताउनु भएको छ थियो ।
     त्यस्तै सोही कार्यक्रम्मा विमला पुन मगरलाई प्रदेश नं.५ को संयोजकमा मनोनित गरिएको छ भने धनराज स्वर्णकारको सम्योजकत्वमा १५ सदसीय दाङ जिल्ला तदर्थ समिती पनि गठन गरेको छ । विपना पुन मगरको स्वागत मन्तव्य तथा ममता घर्ती मगर र निता पुन मगरको स्वागत गीत बाट शुरु भएको कार्यक्रममा केन्द्रिय सभा सदस्य तथा प्रबक्ता तुलविर दर्लामी मगर, केन्द्रीय सचिब लोक तामाङ,

     केन्द्रीय सदस्य जगत ठाडा मंगोल, सञ्चार विभाग प्रमुख जीवन मंगोल लगायतका उच्च नेताहरूले संगठनको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा पाल्पा जिल्ला सभाका अध्यक्ष विमल राना मगर पनि उपस्थिति थियो भने पाल्पा जिल्ला युवा सभाका सचिव प्रकाश पल्ली मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।