• Recent

    नीलिमा थापा मगर लाई पोखरामा बागलुङमा भव्य सम्मान

    मंसिर  २१  पोखरा
    AP1 HD TV को चर्चित रियालिटी शो “नेपाल आइडल सिजन–२”को प्रतिस्पर्धाबाट बाहिरिएपछि पोखराकी नीलिमा थापामगरको चर्चा थप चुलिएको छ । केही समय अगाडि  नीलिमा नेपाल आइडल सिजन–२को उत्कृष्ट ७ बाट बाहिरिएका थिए  । 

    अत्याधिक भोट पाएपनि स्वास्थ्यका कारण उनी बाहिरिनु परेको सन्जाल मार्फत बताएकी छिन् । किनकी यो सिजन भ्होटिङ्को आधारर्मा मात्र अर्को चरान्मा पुग्न सकिने निएम छैन , जहाँ जज र भोटिङ दुबइले समान हैसियत हुने गर्दछ  । नेपाल आइडल सिजन–२  बाट  एलिमिनेट ह्नुभन्दा केही समय अगाडि अश्वस्थ भएर उनी हस्पितल भर्ना समेट भएका थिए ।   प्रतिस्पर्धाबाट बाहिरिएपछि नीलिमालाई गीत गाउने थुप्रै  अफर आएका उनी बताउछन  । दर्शक, स्रोतालाई नयाँ कोसेली दिने तयारीमा रहेकी उनी आफ्नो गृहनगर पोखरा आएकी छिन् ।

    गृह नगर पोखरामा उनको भव्य स्वागत गरिएको थियो  । कास्कीको पोखरा महानगरपालिका–११, फूलबारीनिवासी उनलाई शुभचिन्तकहरूले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका थिए  । नीलिमालाई भोट गरी जिताउने अभियानका लागि गठित नीलिमा थापामगर नेपाल आइडल बनाऊँ अभियान सहयोग समिति, पोखरा र पोखरा एकेडेमीलगायतका विभिन्न संघसंस्थाले बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा ओर्लिएलगत्तै उनको भव्य स्वागत गरेको थियो  । 

    पोखरा विमानस्थलबाट सुरु भएको सम्मन स्वागत र्याली  नागढुंगा, लखनचोक, नयाँबजार, महेन्द्रपुल, भीमसेनचोक, पालिखेचोक, नदीपुर, बगर, केआईसिंह पुल, तल्लो दीप, अमर दीप, बाटुलेचौर हुँदै पोखरा एकेडेमीमा पुगी स्वागत एवं सम्मान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा नीलिमालाई उनले पढेको विद्यालय पोखरा एकेडेमीका तर्फबाट सम्मान पनि गरिएको थियो  । 

    सो कार्यक्रम मा  उनले  दर्शक, स्रोताको माया र सम्मान पाएकोमा खुशी व्यक्त गरिन् । नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपनि आगामी दिनमा पनि नेपाली संगीतमा लागिरहने वाचा गर्दै सबैलाई निरन्तर सहयोग गर्न अपिल समेत गरिन् । सहयोग समितिका संयोजक विनित जोजिजूले नीलिमाको सांगीतिक करिअर अघि बढाउन आफूहरूले सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

     त्यसइ गरी  पोखरा एकेडेमीका संस्थापक/प्राचार्य महेन्द्रबहादुर गुरुङले आफ्नै विद्यालयको उत्पादन हो भन्न पाउँदा गर्व लागेको बताउँदै नीलिमाको सांगीतिक भविष्यका लागि आवश्यक सहयोग गर्न कुनै कन्जुस्याइ नगरने  बताउनुभयो ।   पोखरा  पछी नीलिमालाई बागलुङमा भब्य सम्मान गरिएको छ  ।

      नीलिमालाई नेपाल मगर संघ, बागलुङ र नेपाल मगर सांस्कृतिक संघ, बागलुङले स्वागतसँगै सम्मान गरेको हो । नेपाल मगर सांस्कृतिक संघ, बागलुङका अध्यक्ष प्रकाश थापामगरले नेपाल आइडलजस्तो लोकप्रिय कार्यक्रमको उत्कृष्ट ७ मा पुग्नु पनि गर्वको कुरा भएको भन्दै सम्मान गरिएको जानकारी दिनुभयो । 
    हेनुस् मगर चल्चित्र ङौ कर्म :  if play error plz watch on youtube 
    Loading...