• Recent

    तोडियो मेसी रोनाल्डोकाे बर्चस्व मोड्रिचले जिते बालाेन डी अाेर

    १८मंसिर  २०७५ मंगलबार
    क्रोयसियाका एट्याकिङ  मिडफिल्डर ३३ वर्षीय लुका मोड्रिचले बालाेन डी अाेर को उपाधि जितेका छन् । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै  फिफा वर्ष खेलाडी समेत बनेका क्रोयसियाका लुका  मड्रिचले  उपाधि जितेका हुन् ।यो सङै  मेसी रोनाल्डो को बिगत  एक दशकदेखिको राजलाई मोड्रिचले अन्त्य गरेका हुन  । 

    विश्वकपमा क्रोयसियालाई फाइनलसम्म पुर्‍याउनुका साथै  आफ्नो क्लब  रियलले च्याम्पियन्स लिगको उपाधि जिदा  महत्वपूर्ण योगदान दिएका  मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका हुन ।
     सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि जिते यता १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा राज जमाएका थिए  ।  अहिलेसम्म यो अवार्ड रोनाल्डो र मेस्सीले पनि पाँच पाँच पटक जितेका छन् ।
    Loading...