काठमाडौं टुँडिखेलमा तमु ल्होसारः झल्कियो तमु पहिचान

१५ पुस, काठमाडौं ।
तमु समुदायको पुरानो वर्षको बिदाइ गरी मृर्ग बर्ष (फो ल्हो) नयाँ वर्ष लाई स्वागत गरेर आज काठमाडैंसहित देशभर ‘तमु ल्होसार’ पर्व मनाइदैछ ।
तमु ल्होसारको अवसरमा गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे । बिभिन्न तमु समाजका झाँकीसहित र्याली निकालेर टुँडिखेलमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तमु समुदायले पहिचान झल्किने भेषभुषामा नाङ्लो, स्याखु, मकैको घोगासहितको डोको, ठेकी, हातले बुनेको झोलाको समेत प्रदशर्न गरेका छन् । आजको दिन गुरूङ समुदायले सार्वजनिक विदाको माग समेत गरेका छन् ।कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
