• ओमनमा सागर आलेको प्रस्तुतीले झुमिए दर्शक (WITH VIDEO)

    तमु समाज ओमनले   शुक्रवार अल मासा हल रुबिमा  सगींतमय वातावरणमा फो– ल्होसार  कार्यक्रम सम्पन्न  गरेको छ । गुरुङ जातीको भेषभूषामा सजिएका तमु समाज ओमानका पदाधिकारीहरुले कार्यक्रममा आउने पाउनालाई विषेश स्वागत गरेका थिए । 

    कार्यक्रमको उद्रघाटन नेपाली राजदूतावास मस्कटकी श्रम सहचारी कृष्ण गौली र अन्य ओमानवासी समाजसेवीहरुले पानसमा द्विप प्रज्वलन गरेर गरिएको थिए।  नेपालबाट आएका नेपाल आइडल सिजन १ का फाइनलिस्ट सागर आले मुख्य आकर्षणका केन्द्र थिए । 
    बहुचर्चित गीत गाएर दर्शकलाई कम्मर मर्काएका थिए। कार्यक्रममा सागर आलेलाई सहयोग गर्दै नेपाल बाटै आएकी लोक गायिका एलिना गुरुङले आफ्नै सालैजो गित गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन्। 

    कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।   तमु ल्होसार नेपालमा पुस १५ का दिन मनाउने भएता पनि प्रवासमा सबैको कार्यव्यस्ततालाई अनकुल पार्दे ओमनको सार्वजनिक विदाको दिन शुक्रवार पारेर  मनाइएको हो।   Watch Video :