• Recent

    निर्मलाकी आमाले दिइन एसपी विष्ट सहित ८ जना विरुद्ध उजुरी

     
    पुस ३, २०७५ मंगलबार 

    बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी  बालिका निर्मला पन्तकी  आमा दुर्गादेवी पन्तले अनुसन्धानमा संलग्न ८ जना सरकारी अधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिनुभएको छ ।

     उहाँले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी अंगुर जिसीलगायत ८ जना विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुर अन्तर्गत  जाहेरी दिनुभएको हो । 
    अनुसन्धानमा खटिएका अधिकारीको चरम  लापर्वाहीका कारण निर्मलाको  हत्यामा संलग्न व्यक्ति पक्राउ पर्न नसकेको जाहेरीमा उल्लेख गरिएको छ । 
    निर्मलाको हत्या अनुसन्धानमा  प्रहरीले  लापर्वाही गरेको आरोपमा सरकारी छानबिन समितिले कात्तिक ८ गते तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सरकारी सेवामा योग्य हुने गरी बर्खास्त गरेको थियो ।