• Recent

    निर्मलाको हत्या गरेको प्रदीप रावलले बयान दिए , अब के होला ?

    कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी  १३ वर्षीया निर्मला पन्तका    हत्यामा संलग्न रहेको  प्रदीप रावलले प्रहरीलाई बयान दिएका छन । उनी निर्मलाका छिमेकी पनि रहेका छन 
    राजधानीबाट पक्राउ परेका प्रदीप रावलले हत्यामा संलग्न रहेको प्रहरीलाई बयान दिएका छन् । रावलले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई बयान दिदै हत्या स्वीकार  गरेका हुन् । बुधबारराति नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबीले बताएको छ ।

    सीआईबीले  प्रदीपसंग राति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो । सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको  जनाएको  छ ।  डीएनए को रिपोर्ट शुक्रबार आउने  छ ।
    ३ वर्षीया निर्मला पन्तको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयम्को उपस्थितिमा आरोपितको बयान लिने क्रम सुरु भएको हो । रावलसंगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको जनाएको  छ । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
    निर्मलाका छिमेकी आरोपी  प्रदीप रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना प्राप्त भएप्छी  प्रहरीले  प्रदीप रावलन्लाई  पक्राउ गरेको थियो ।
    रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । बुधबार रातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी भएका  थिए । सीआईबीले रावलमाथिको थप प्रमाण डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ । Annapurnapost बाट सभार  
    You May also Like this : 
    Loading...