• Recent

    नेपालमा लुट्न आएका भारतीय डाँका प्रहरिले ढाल्यो

     २०७५ मङि्सर२५  धरान  
    सुनसरी जिल्लाको कोसी गाउँपालिका-७  मुसहर बस्तीमा भारतीय डाँका समूह र प्रहरीबीच भिडन्त हुँदा  अन्दाजी ४० वर्षीय भारतीयडाँका को मृत्‍यु  भएको छ उनको  पहिचान खुल्न सकेको छैन ।  भारतको वीरपुरबाट हतियारसहित पसेका डाँका समूह र प्रहरीबीच भिडन्त भएको थियो   


    उनको  शव  परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा राखिएको छ । आइतबार राति ९ : ४५ बजे मुसहर बस्तीको बाटो भएर नेपाल प्रवेश गरेका डाँका समुहसँग प्रहरीको मुठभेड भएको थियो । हतियार सहित पाँच जनाको समूहमा रहेका डाँका समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि डाँका समूहले कटुवा पेस्तोलबाट प्रहरीको टोलीलाई गोली प्रहार गरेसङै  जवाफी फायर अनी भिडन्त भएको प्रहरिले जनाएको छ  । 

    डाँका समूहले सुरुमा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि चलाएको गोली लागेर एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताएका छन् । प्रहरीले घटनास्थलबाट दुईवटा कटुवा पेस्तोल र सात थान गोली बरामद गरेको छ  । 

    डाँका समूहले विभिन्न तीनवटा बन्दुकबाट छुट्टाछुट्टै गोली प्रहार गरेको गोलीका खोकासमेत प्रहरीले बरामद गरेको छ । प्रहरीको गोली लागेर अन्य चारजना डाँकाहरु घाइते भएको बताइएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भएकाले हतियारधारी डाँका समूह भारततर्फ भागेको एएसपी अधिकारीले बताए । प्रहरीसँगको भिडन्तपछि घटनास्थलमा सशस्त्र प्रहरी गण सुनसरीबाट थप टोली परिचारलन गरिएको थियो । 
    डाँका समूह भारततर्फ भागेपछि सुनसरीका प्रहरी प्रमुख अधिकारी र सशस्त्र प्रहरी प्रमुख सुरेशकुमार श्रेष्ठले भारतीय सुरक्षा बल (एसएसबी) को वीरपुरस्थित ४५ औँ बटालियनका प्रमुखसँग भेट गरी भारतका शङ्कास्पद स्थानमा डाँका समूहको खोजी गर्न भनेका छन् । सुनसरीका सुरक्षा प्रमुखहरूको आग्रहपछि एसएसबीको टोली समेत भारतको सुपौल र अररिया जिल्ला आसपासका क्षेत्रमा डाँका समूहको खोजीकार्यमा परिचालन गरिएको बताइएको छ ।