• नेपाल आइडलका बिक्रम बरालको स्वरमा चलचित्र प्रसादको गीत सार्वजनिक (with video

    काठमाडौं मङ्सिर २९ 
    AP1 TV सन्चालित  चर्चित गाएन रियालिटी शो नेपाल आइडल सिजन -2  का बलियो प्रतिष्पर्धाको रुपमा हेरिएका बिक्रम बरालको स्वरमा चलचित्र प्रसादको गीत सार्वजनिक भएको छ। 
    चलचित्र रिलिज भएको एक हप्तापछि चलचित्रको नयाँ गीत सार्वजनिक भएको हो। चलचित्र प्रसाद मा समाबेश  " बरै क्यारी बाचौला " बोलको गीतमा बिक्रमको स्वर र संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ।
     निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’ मंसिर २१ मा प्रदर्शनमा आएको हो। चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठले दम्पतीको भूमिका निर्वाह गरेका छन्। स्मरण रहोस्  केही समयए अगाडि  नेपाल आइडलकै स्टेजमा पुगेर निर्देशक दिनेश राउत र निर्माता सुभास थापाले बिक्रमलाई गीत गाउन दिने उदघोस् गरेका थिए।
    Watch Video :