ललितपुरको प्रहरी प्रभागमा गोली चल्दा प्रहरी जवान घाइते

२०७५ पुस ७ काठमाडौं –
शुक्रबार ललितपुरको लाकुरी भञ्ज्याङमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् ।
शुक्रबार बेलुका लाकुरीभन्ज्याङका डीएसपी रमेश तामाङलाई भेट्न गएका रोशन श्रेष्ठले झोलाबाट बन्दुक निकाल्ने क्रममा झुक्किएर पड्कँदा आफैँलाई लागेर घाइते भएका ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिनुभयो ।
कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ ।
घाइते श्रेष्ठको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिए । घटनाको अनुसन्धान गर्न डीएसपी गौतम मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको उहाँले बताउनुभयो ।