• Recent

    दुखद खबर : २ महिना अघि अस्ट्रेलिया गएका नेपाली विद्यार्थीको मृत्यु

    २०७५ मंसिर २३ अस्ट्रेलिया,
     दुई महिनाअघि  उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी आएका मीलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो । 

     प्लस टु सकेर नेपालबाट  सिड्नीमा रहेको ‘हाम्रो कलेज’मा अध्ययन गर्न आएका उनी जम्मा २० वर्षका थिए । उनीसँगै बस्ने साथी प्रकाश अधिकारीले दिएको जानकारीअनुसार बुधबार आफ्नै घरमा पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।

    अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका थिए । अधिकारीले चिकित्सकहरुको भनाइ उद्धृत गर्दै उनको मृत्युको कारण ‘ब्रेन हेमरेज’ भएको जानकारी दिए । 

    उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । हाम्रो कलेजका निर्देशक दीपक खनालले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।

    शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।
    You May Also Like this :