• Recent

    अमेरिका टेक्सासमा गोली प्रहारबाट एक नेपाली गम्भिर घाइते

     १९ मंसिर २०७५, बुधबार 
    अमेरिका टेक्सासको ब्रायनमा  बन्दुकधारीले गोली चलाउंदा एक नेपाली गम्भिर घाइते भएका छन् । कञ्चनपुर पुर्नवास धनगढी घर भई करिब एक बर्ष यता ब्रायन स्थित एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन् । 

    स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर आएको अश्वेत बन्दुकधारीले सोमबार बिहान साढे ६ बजे  गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको मोहन कुसारीले बताउनुभयो । 

    सामान्यतया पैसा लुट्नका लागी बन्दुक लिएर आउने भएतापनि गम्भिर घाइते जेठारालाई भने स्टोरमा ग्राहकको रुपमा आई सिधै गोली प्रहार गरेर भागेको बताइएको छ । 
    अमेरिकाको  टेक्सास राज्यमा पछिल्लो समय  लुटेरा र बन्दुकधारिहरुको आक्रमनको शिलशिला बढेको छ ।
    You May Also Like This Watch Now : 

    Loading...