• Recent

    श्रम स्विकृती प्रदेशबाट दिन सुरु, अब काठमाण्डौ जान नपर्ने

    पुस १५, २०७५ 
    वैदेशिक रोजगारीमा जाने काठमाण्डौ बाहिरका नेपालीहरुको लागी लागि आज देखि जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति दिने काम सुरु भएको छ  । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको हो ।

    आज जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट १० बजेदेखि श्रम स्वीकृति दिने काम को शुरुवात  भएको हो । अहिले तत्कालै श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले बताउनुभयो ।

     प्रदेशले सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेछन् । प्रदेशबाटै श्रम स्वीकृति दिने काम शुरु भएपछि जनताहरु खुशी भएका छन् । 
    पहिलो सेवाग्राहीको रुपमा पुनः श्रम स्वीकृति लिन कार्यालय पुग्नुभएका धनुषा बउहर्वाका एमडी जिलानीले आफू निकै खुशी भएको बताउनुभयो । ‘ श्रम स्वीकृति लागि काठमाडौं जानुपर्दा निकै झन्झट र खर्च हुँन्थ्यो’, उहाँले खुशी हुँदै भन्नुभयो ‘अब त सजिलो भयो।’

    प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै कष्ट व्यहोर्नु परिरहेको थियो ।