• Recent

    सागर आलेको नयाँ गीत 'प्रेमको साम्राज्य' सार्वजनिक (भिडियो सहित)

    २०७५ मंसिर १५ काठमाडौँ । 
    नेपाल आइडल सिजन एक टप ४ सागर आले मगरको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आइडलको अघिल्लो सिजनमा उपाधि जित्न नसकेपनि उनी त्यस सिजनका सबै भन्दा बढी चर्चित र रुचाइको प्रतिस्पर्धी हुन भर्सटायल गायक सागर । उनी कम भोट पाएको आधारमा टप ४ बाट नै बाहिरिएका थिए।
    जुनसुकै बिधाका गीतका लागि चर्चा कमाएका सागर आलेले वर्ष भरि नै देश तथा विदेशमा साङ्गीतिक कार्यक्रम गर्नमा पनि व्यस्त रहे। समय समयमा आफ्नै साँगीतिक कोसेली दर्शकलाई पस्कँदै आएका सागर आलेले यस अघि पनि केही गीतहरू बजारमा ल्याएका छन् जुन दर्शक श्रोताले अत्याधिक मनपराएका थिए। यस पटक पनि सागर आलेले जितु लोप्चनसंग मिलेर "प्रेमको साम्राज्य" गीत ल्याएका छन्।
    सागर आलेको स्वरमा सजिएको यो गीतमा पल शाहसंग मिरा कार्कीको अभिनय रहेको छ। डीपीखनाल को शब्दलाइ मनोज थापा मगरले संगीतदिएका छन्। यो गीतको म्युजिक भिडियोलाई सूर्य लामाले निर्देशन गरेका हुन्। 
    भिडियो हेर्न तल जानुस :   

    यो पनि हेर्नुस :
    Loading...