• Recent

    पोखराकि 10 बर्षिय श्रेयाको बलात्कारि हत्यारा पौडेललाई आजिबन काराबासको फैसला

    पोखरा २०७५ पुष ४  । 
    गण्डकी प्रदेश कास्कि जिल्ला अदालतले एक बलात्कारीलाई आजीवन कैदको फैसाला सुनाएको छ ।
    केही समय अगाडि पोखरामा १० वर्षीया बालीकालाई बलात्कार गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले आजीवन कैदको फैसाला सुनाएको हो । स्याङ्जा स्थायी घर भई पोखरामा बस्दै आएका पौडेल मंसिर १७ गते बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका थिए । 

    कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार पौडेललाई जीवनभर थुनामा राख्न आदेश दिए । मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ प्रकारका कसूरमा कसुरदार आजीवन कैद सजाय गर्ने व्यवस्था समाबेस गरिएकाे छ ।

    जस मध्य बलात्कारपछि हत्याको कसूर पनि एक हाे । त्यसैअनुसार अदालतले पौडेललाई जिवित रहेसम्म थुनामा राख्ने फैसला गरिएको हो । अदालतमा आजीवन कैदको माग गर्दै धेरै मुद्दाहरु दर्ता भएपनि यो भने पहिलो फैसला रहेको प्रवक्ता संजीवराज रेग्मीले बताए । पौडेलले श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको स्वीकारेका थिए ।
     बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेकाे र बेहोस भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको बयान पौडेलले अदालतमा दिएका थिए ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान को पोस्टमार्टम रिपोर्टअनुसार बालिकाको बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको प्रमाणित पनि भएकाे थियाे । उनलाई कास्कि प्रहरिले घटना घटेको २४ घण्टा नबित्दै पक्राउ गरेको थियो । 

    Loading...