• Recent

    गैरकानुनी बाटोबाट अमेरिका हिंडेका २३ नेपालीको नाइजेरियामा यस्तो हालत

    काठमान्डौ 
     देशको अवस्था नाजुक भएकोले  धन कमाउने अनी सुन्दर सपनाको महल सजाउने सपना बोकेर अमेरीका पुग्न नेपालीले पनि अनेकौँ उपाय अपनाउदै आएका छन । यस्तै  अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धक सरह बनाएर राखेको खबर प्राप्त भएको छ  । 

    अलपत्र पारीएका  मध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटल मा बाहिरसमेत निस्कन नदिई राखेका छन् । रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको बाटइएको छ   । 

    जस्लाई  कान्तिपुर दैनिकको पृष्ठ २ मा समेट स्थान दीएको छ  । ‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राउ गरिएको छ ’ रवीन्द्रले भने । बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाइृ बुझाएका थिए । कतिले वैधानिक तरिका अपनाउँछन् त कतिले अचम्मको अवैधानिक तरिका अपनाउने गर्दछन् । यस्तैमा इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका छन् । 

    स्मरण रहोस्, इराकमा अमेरिकी हमला र आइएसआइएसको उदयपछि इराकको स्थिती नाजुक रहेको छ  । यस्तोमा थुप्रै मानिसहरु इराक छोडेर अन्य देश जाने कोसिसमा छन् । इराक छोडेर अन्य देश जाने मानिसहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य टर्की हो किनभने यहाँबाट युरोप छिर्न  निकै सजिलो हुन्छ ।यद्यपी, का नूनी तरिकाले इराकीलाई टर्कीमा प्रवेश पाउन त्यति सजिलो छैन । 

    त्यसकारण मानिसहरु गैरकानूनी तरिकाले प्रवेश गर्ने कोसिस गर्छन् । त्यसकारण इराकका सात व्यक्ति टर्कीमा प्रवेशका लागि आफूलाई एल्मुनियम फोइलले पूर्ण रुपमा ढाकेर शिपिंग कन्टेनरभित्र बसे । तर उनीहरुको योजना पूर्ण रुपमा असफल भएको छ । डेली मेलका अनुसार टर्कीको इस्तान्बुलको पेन्डिंक पोर्टमा यो लरीको अनुसन्धान गरियो । 

    कन्टेनरको तौल कागजातमा लेखिएको तौलभन्दा धेरै भएपछि अधिकारीलाई शंका लाग्यो जसका कारण कन्टेनर खोलेर अनुसन्धान गरियो । कन्टेनर खोल्दा यी इराकी सिल्भर फोइ लले बेरिएको अवस्थामा भेटिए । लरी ड्राइभरसहित सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

    Loading...