• Recent

    भर्खरै पाल्पाको जल्पामाा सुत्केरि बोकेको जीप दुर्घटना ४ जनाको घटना स्थलमै मृत्यु

    २७ मंसिर पाल्पा ।  प्रदेश ५ को पाल्पा जिल्ला सदरमुकाम तानसेनबाट सुत्केरी लिएर आएकाे जीप पूर्वखाेला गाउँपालिकाकाे जल्पा आर्गीडाँडाको भीरमा दुर्घटना हुँदा ४ जनाकाे ज्यान गएकाे छ । 
    केहिबेर अगाडी रातिकाे समयमा साँघुराे र अप्ठेराे कच्चिबाटो मा जीपको गति बढी हुदा  दुर्घटनामा परेकाे घाइतेकाे भनाइ उदृध गर्दै वडा अध्यक्ष जल्पाका निरबहादुर सारूले जानकारी दिनुभएकाे छ । जीप सडकदेखि झण्डै ३ सय मिटर तल खसेकाे छ । 
    तानसेनबाट जल्पा हुँदै माथागढीकाे बहादुरपुर जाँदै गरेकाे लु१ज २६५३ नम्बरकाे जीप भर्खरै ८ बजे दुर्घटनामा परेकाे हो । घटना स्थलमै ४ जनाकाे मृत्यु भएकाे र अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाकाे अवस्था गम्भीर रहेको छ । 


    घाइतेहरूलाइ उपचारका लागि तानसेन तर्फ पठाइएकाे छ । अहिले स्थानीय बासिन्दा सहितका मानिसहरूले मृतककाे शब निकाल्ने कार्य भइरहेकाे अध्यक्ष सारूले जानकारी दिनुभयो । घटना स्थलबाट प्रहरी पोष्ट झण्डै 8-9 किलोमिटरको दुरीमा रहेको छ।