• Recent

    मल्टिमिडिया अवार्ड नेपाललार्इ, श्रृंखला खतिवडा प्रतियाेगिताकाे फाइनलमा पुगिन

    २०७५ मंसिर १७ ।
    मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् । यो संगै उनी फाईनलमा प्रबेश गरेकी हुन र यो नेपालको लागी हाल सम्मको ठुलो सफलत हो ।

    मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
    जसमा ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएकाा छन ।
    मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।
     यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।
    याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ ।
    Loading...