• Recent

    १ लाख घुस माग्ने डाक्टरलाइ रबि लामिछनेसहित को टिमले रंगेहात समाते

     News 24 TV को सिधा कुरा जनता संगको टिम सँग सम्पर्कमा आएका एक व्यक्तिले डाक्टरले १ लाख घुस मागे भनेर जानकारी दिएपछी  पत्रकार रबि लामिछाने र अख्तियारको टोलि पोखरा पुग्यो फल स्वरुप क्षेत्रीय स्वास्थ्य कार्यालय, पोखरामा कार्यरत सहसचिव डा तारानाथ पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    लोक सेवा आयोगको परीक्षामा उत्तिर्ण गराइदिने भन्दै परीक्षार्थीबाट घुस लिएका सहसचिव पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको हो।अहे ब को अन्तर्वार्तामा उत्तिर्ण गराइदिन्छु भन्दै उनले एक लाख घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए।लोक सेवा आयोगको परीक्षा दिएर बसेका व्यक्तिसँग उनले घुस लिएका हुन्। 

    आयोगमा आफूले चिनेको र पास गराइदिने भन्दै उनले घुस लिएको  अख्तियारले जनाएको छ। सहसचिव पौडेललाई थप अनुसन्धानका लागि भोलि काठमाडौं ल्याइने प्रवक्ता दंगालले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार दिउँसो १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो । पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए । हेर्नुस् भिदियो : 
    Loading...