नेपालकै पहिलो नेटवर्क आर्क पुलको निर्माण कछुवाको गतिमा !

२०७५ मंसिर २० काठमाडौं
नेपालकै पहिलो नेटवर्क आर्क पुल राजधानी काठमाडौंको दुई ठाउँमा बनाउने काम निर्माणधिन छ । तर काम भने लुसे कछुवा गतिमा भैरहँदा कहिलेसम्म पुल बनिसक्छ भन्ने हाल सम्म टुंगो छैन ।
काठमाडौं बिजुलीबजारको धोबीखोला र तीनकुनेको बागमती नदीमाथि बनिरहेको नेटवर्क आर्क पुल एक वर्षअघि नै तयार भैसक्नुपर्ने थियो । तर अहिलेसम्म जम्मा ४० प्रतिशत मात्र काम सकिएको छ । धोबीखोलामाथि दुईवटा र बागमती नदीमाथि दुईवटा गरी जम्मा चारवटा पुल बनाउनुपर्नेमा धोबीखोलामाथिको एउटा पुल मात्र निर्माणको अन्तिम चरणमा पुगेको छ ।
अरु तीनवट पुलहरु भने कहिले बनिसक्छन् कुनै टुङगो छैन । गत २०७१ साल पुष महिनामा पुल निर्माणको योजना बनाएर ठेक्का अघि बढाइएको थियो । १३ करोड १३ लाख रुपैयाँमा धोबीखोलामाथिको पुल निर्माणको ठेक्का जेई कन्स्ट्रक्सन र २१ करोड ३३ हजार रुपैयाँमा बागमती नदीमाथिको पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन ले जिम्मा लिएको थियो ।
ठेक्काअनुसार धोबीखोलामाथि ५० मिटर लम्बाई र १२ मिटर चौडाईका दुईवटा पुलको निर्माणकार्य २०७४ पुषभित्र र बागमती खोलमाथि ८५ मिटर लम्बाई र १२ मिटर चौडाईका दुईवटा पुल निर्माणकार्य २०७५ असार ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भाका थियो । तर तोकिएको समयसीमा नाघिसक्दा पनि निर्माणको काम भने अझै लम्बिंदै गैरहेको छ । उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माणको काम अघि बढाएको थियो । यस्ता पुलले सडकको सौन्दर्यता पनि बढाउने भएकाले नेटवर्क आर्क पुल नै बनाउन थालिएको हो ।
योजनाका प्रवक्ता तथा ईञ्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार धोबीखोला पुल निर्माणको काम ५५ प्रतिशत सकिएको छ भने अनुमानित लागतको ५५ प्रतिशत नै खर्च भैसकेको छ । यस्तै तीनकुनेको पुल निर्माणको काम ३० प्रतिशत सकिंदा खर्च भने ३५ प्रतिशत भईसकेको छ । धोबीखोलामाथिको एउटा पुल दुई महिनाभित्रै सञ्चालनमा ल्याउने श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नुभयाे ‘अर्को पुल निर्माणको काम भने जग्गा विवादका कारण ढिला भएको हो ।
अहिले विवाद मिलाएर पुल निर्माणको काम अघि बढिसकेको छ ।’ यो पुल पनि यही आउँदो आर्थिक वर्षसम्म सम्पन्न गर्ने श्रेष्ठले दाबी गर्नुभयो । तीनकुनेको पुल निर्माणको काम भने निर्माण गरिसक्नुपर्ने भनेर तोकिएको म्याद सकिन लाग्दा बल्ल अघि बढेको छ ।
डेढ वर्ष डिजाइन बनाउनमा नै लागेको र त्यसपछिका दुई वर्ष ढल, पानी, पोल आदि व्यवस्थापनमा खर्च भएका कारण गएको फागुनदेखि मात्र काम सुरु गरिएको योजनाका प्रमुख दिपक केसीले बताउनुभयो । अहिले सुपरस्ट्रक्चरको काम भईरहेको छ, वि.सं. २०७६ को अन्तिमसम्म निर्माण सम्पन्न होला भन्न सकिन्छ । आजको उज्यालो नेटवोर्क मा खबर छ ।
निर्मला को हत्या गरेको बयान प्रदिप रवलले दिये :
यो पनि हेर्नुस् :