• Recent

    भालुले आक्रमण गर्दा २ महिलाको अवस्था गम्भिर

    मङ्सिर १८
    सुदुरपस्चिम  बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ खातीगाँमा मंगलबार विहान ७ बजे जंगली भालुको आक्रमणबाट दुई जना महिला गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको जंगलमा घाँस दाउरा ल्याउन गएका बेला ४ भालु आएर आक्रमण गरेपछि अन्य  दुई जना महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ  । 


    बाजुरा प्रहरीका अनुसार घाइते हुनेमा ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी रहेको प्रहरी प्रमुख भाटले बताए । घाईतेको डोगडी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ । घाइते मध्ये ५२ वर्षीया जलु धामीको अवस्था भने गम्भीर रहेको प्रहरी नायव उपरिक्षक भाटको भनाई रहेको छ । भालुको आक्रमणबाट गत वर्ष सदरमुकाम मार्तडीमा एक बालिकालाई खेतमा काम गरिरहेको बेला आक्रमण गरी घाइते बनाएको थियो ।
    Loading...