• Recent

    प्रमले धर्म फेरेको भन्दै जब प्रहरीमा उजुरी पुग्यो

    २०७५ मङ्सिर 18
     कामाठाडौँ :  प्रधानमन्त्रीविरुद्ध  धर्म परिवर्तन गरेको आरोप लगाउँदै उजुरी लिएर पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै  दर्ता गर्न अस्वीकार गरेको छ ।
    २ तिहाइ सरकारका प्रम तथा  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमा–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएको अधिवक्ता पोखरेल उजुरी लिएर प्रहरी परिसर टेकु  पुगेका हुन  । 

    प्रम ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए ।  एसएसपी  लामाले भने, ‘उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भनेँ, तर उनले लिएरै गएछन्, दर्ता गर्न अस्वीकार गरेको गलत हो ।
    जुरीमा पोखरेलले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराधमा सजाय माग गरेका थिए । यही मंसिर १३, १४, १५, १६ र १७ गते राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनका क्रममा धर्म नेपाली कानुनले अवैध मानेको धर्म परिवर्तन गराईएको भन्दै पोखरेल प्रहरीमा पुगेका हुन  ।
    Loading...