• Recent

    दाङ बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २३ पुग्याे घाइते १४ अधिकांशको अवस्था गम्भीर


    पुस ७ दाङ 
     राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २३ पुगेको छ । शनिबार बिहान थप १ जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो । जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का  विरेन्द्र कन्डराको उपचारको क्रममा ज्यान गएकाे हाे ।

     मृतकमध्ये १३ जनाको सनाखत भएको छ । जसमा १९ जना पुरुष र चार जना महिला गरी २३ जनाको मृत्यु भएको र तिमध्ये १३ जनाको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

     सनाखत हुन बाँकी शव अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । सनाखत दाङको दंगिशरण गाउँपालिका-१ बस्ने २० वर्षीय संजित रतगैया, दाङको घोराही उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय प्रदीप घिमिरे, दाङकै बबई गाउँपालिका-५ बस्ने २१ वर्षीया कबिता खत्री, दाङको घोराही उपमहानगरपालिका-१४ बस्ने १९ वर्षीय बिजय घर्ती, 

    घोराही उपमहानगरपालिका-३ बस्ने बस चालक २६ वर्षीय मदन खत्री क्षेत्री छन् । रुकुमको भुमे गाउँपालिका-६ बस्ने २८ वर्षीय नरेश वली, जाजरकोटको भेरीगंगा नगरपालिका-४ बस्ने १७ वर्षीय आतिस नेपाली र कन्चनपुरको कृष्णपुर नगरपालिका-५ बस्ने १७ वर्षीय खेमराज भट्टको पनि मृत्यु भएको छ । 


    यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका-६ बस्ने १६ वर्षीया कुसुम रावल, जुम्लाको चन्दननाथ नगरपालिका-३ बस्ने १७ वर्षीय हिक्मत बोहरा, जुम्लाको चन्दननाथ नगरपालिका-१ बस्ने १७ वर्षीय अर्जुन शाही, जुम्लाको हिमा गाउँपालिका-५ बस्ने वर्ष १७ की शैलजा शाही र जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ बस्ने २० वर्षीय विरेन्द्र कन्डरा छन् ।

     घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु सवार बा ४ ख ९७६६ नम्बरको बस शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएर फर्किँदै  गर्दा  शुक्रबार साँझ  दुर्घटना भएको थियो । 
     दुर्घटनामा  घाइते १४ जनाको बाँकेको कोहलपुरमा उपचार भैरहेको छ ।  अधिकांशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । 

    Loading...