• भारतीय प्रधानमन्त्री मोदीले सके भ्रमणमै २० अर्ब भारु

    पुस १४, २०७५ शनिबार
    काठमाडौं 
    भारतीय प्रम. नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि अहिलेसम्म ९२ वटा देशहरुको भ्रमण गरीसकेका छन  । उनले पटक–पटकको भ्रमण गरेर ५५ महिनाको कार्यकालमा ९२ देशको भ्रमण गरेका हुन । मोदीले मनमोहन सिंहको भन्दा एक पटक कम विदेश भ्रमण गरेका छन् ।  
    भारतीय प्रधानमन्त्री  मोदीले  हरेक देशको भ्रमणमा २२ करोड भारतीय रुपैयाँ खर्च गरेको खुलेको छ । मोदीको सबैभन्दा महंगो भ्रमण सन् २०१५ को फ्रान्स, जर्मनी र क्यानडाको रहेको छ । उनले त्यसबेला जहाज चार्टर गरेर ती देशको भ्रमण गरेका थिए । 

    सन् २०१५–०१६ मा मोदीले अमेरिका, बेलायत, जर्मनी, क्यानडालगायत २४ देशको भ्रमण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गएको चार वर्ष सात महिनादेखि निरन्तर रुपमा ‘पावर’ मा छन् । अबको केही महिनापछि हुन लागेको लोकसभापछि भारतमा नयाँ प्रधानमन्त्री को चयन हनेछ । 

    लाकसभाको चुनावभन्दा अघि मोदीले अझै थप दुई देशको भ्रमण गर्ने कार्यतालिका रहेको छ । त्यो भ्रमण पूरा गर्दा मोदीले धेरै देशको भ्रमण गर्ने दोस्रो प्रधानमन्त्री रुपमा आफ्नो नाम लेखाउने छन । यसभन्दा अघि भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले ११३ देशको भ्रमण गरेर रेकर्ड राखी सकेका छन । उनीपछि मोदी दोस्रो स्थानमा पर्ने पक्का  छ । 

    अब एक देशको भ्रमण गर्दा मोदी र भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको विदेश भ्रमण बराबरी हुने छ । मोदीले  भ्रमण ५ वर्षको कार्यकालमा गरेका हुन भने मनमोहन सिंहले ९३ भ्रमण दुई पटकको कार्यकालमा  गरेका हुन ।  इन्दिरा गान्धीले १५ वर्षको कार्यकालमा ११३ देशको भ्रमण गरेकी हुन । 

    मोदीको भ्रमणमा जहाजको मर्मत, फ्लाइट चार्टर तथा हटलाइन फ्यासिलिटीको खर्च मात्रै २,०२१ करोड भारतीय रुपैयाँ अर्थात २० अर्ब २१ करोड भारतीय रुपैयाँ पुगेको इण्डिया टुडेले जनाएको छ । यसमा होटललगायतका खर्च भने जोडिएको छैन ।