• Recent

    को हुन् रवि ओड ? जसले नेपाल आइडल Season -2 को उपाधि हात पारे

    प्रदेश नं ७ सुदूरपश्चिमको कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट बि. सं २०५४ सालमा जन्मिएका  रवि ओड  तेस्रो सन्तान हुन  । 

    गरिब परिवारमा जन्मिएका रविलाई आफ्नो सांगितिक यात्रा अघि बढाउन निकै गाह्रो थियो । उनी बाजेको प्रेरणाले सांगितिक क्षेत्रमा अघि बढेका हुन्  । 
    उनका बुवा बर्षौँदेखि भारतमा काम गरिरहनु भएको छ । उनी केही वर्ष धन कमाउन भारत गएका तर,  मनले नमाने पछि उनी स्वदेश फर्किए ।  यही क्रममा उनी नेपाल आइडलमा सहभागी हुन पुगे । 
    धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश गरेका थिए। 
    उनी Nepal Idol मा आउनु भन्दा पहिला स्थानीय विविन्न महोत्सवमा उनी सहभागी हुन्थे । संगीतमा उनको  रुची थियो गीत गुनगुनाइरहन्थे । 
    हिजो मात्र उनी  Season-2  नेपाल आइडल बनेका छन् ।  देश विदेशका समर्थकहरुले रवि ओड जिताऔँ अभियान नै सञ्चलान गरेका थिए । 

    शुक्रबार ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पसको मैदानमा Nepal आइडल Season-2  घोषणा भएपछि रविले खुसिका आँसु झार्दै भने ‘यो मेरो मात्रै जित होइन, सबै नेपालीको जित हो । 
    नेपाल आइडल बनेपछि उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘देश विदेशबाट हजुरहरुले म प्रति देखाउनु भएको माया, साथ र सहयोगको लागि म भित्री मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु,  न्यानो सम्झना छ ।’
    उनले आफ्ना समर्थकहरुलाई भगवानको दर्जा दिँदै लेखेका छन् ‘हजुरहरुको यो माया अनि सपोर्ट कहिले भुल्ने छैन । हजुरहरु नै हो मेरो लागि भगवान हुनुन्छ  ।’
     प्रतियोगीताको फष्र्ट रनर अप पोखराका विक्रम बराल, सेकेण्ड रनर अप झापाका सुमित पाठक र झापाकै अस्मिता अधिकारी चौथो भएका छन । 
    यो पनि हेर्नुस (Watch this Video)