रबि ओडले जिते नेपाल आईडल सिजन- २ को उपाधी (with Video)


काठमाडौं :  २०७५ पुष  ६
Nepal Idol Season 2  को उपाधी रबि  ओडले जितेका छन ।

 रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप पोखराका  बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । 
सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । 
थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् । 
अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।  Watch Video :