समायाेजन फारम खुल्याे, सरकारी कर्मचारीले २१ दिनभित्र फारम भर्नैपर्ने

काठमाडाैं - पुस ११, २०७५
नेपाल सरकारले कर्मचारी समायोजन फारम भर्न आब्हान गर्दै सूचना जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सूचना जारी गर्दै फारम भर्न आग्रह गरेको हो ।
समायोजन फारम अनलाइन बाट पनि भर्नसकिने छ । सरकारी सेवाका कर्मचारीका लागि २१ दिन र संगठित संस्थाका स्थायी कर्मचारीका लागि १५ दिनभित्र फारम भरिसक्न सुचनामा आग्रह गरिएको छ ।
समायोजन फारम ' समायोजन डट जीओभी डट एनपी ' www.samayojan.gov.np मा गएर भर्न सकिनेछ । मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउनेछन् ।
समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन हुनेछ ।
नेपाल सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै कर्मचारीले सच्याउनुपर्ने माग राख्दै आएका छन् ।
* सरकारी सेवाका कर्मचारीहरुका लागि कर्मचारी समायाेजन सम्बन्धी सूचना - १
* प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति/अायाेग/प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीहरुका लागि - कर्मचाारी समायाेजन सम्बन्धी सूचना - २
