• कालिकोटमा रबिलाइ भव्य स्वागत, पार्टीको झन्डा कसैलाइ पनि नबोकी अस्पताल बनाउने घोसणा


    पत्रकार रवि लामिछाने रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने  बताएका छन् र येहि शिलशिलामा उनी कालिकोट पुगेका छन। उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे ।

     तीन तहका सर कार एक, हामी एक भएर लाग्यौं भने सोचेभन्दा चाडै अस्पताल बन्नेछ, उनले भने । त्यस्तै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नकरात्माक सोचले देश विकास नहुने बताएका छन् । ‘खुट्टा तान्ने प्रवृतिले देशको विकास हुदैँन् ।’ उनले भने, ‘देश विकासका लागि सबै एक भएर लाग्नुपर्छ ।
     कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण पहलका लागि अभियान कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले देश विकासको लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए । कर्णालीमा अहिले पनि बिरामीलाई उपचारका लागि डोको र जहाज कुर्नु पर्ने बाध्यता रहेकोले त्यसको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उनले बताए । 

    सामुदायिक अस्पताल बनाउनका एक करोड रुपैयाँ संकलन भइसकेको अस्पतालका निर्माणका अभियन्ता डा. मुकुद ढकालले बताए । अस्पताल निर्माणको लगि पत्रकार रबि लामिछानेले जिम्मा लिएको बताउँदै उनले बाँकी काम लामिछाने मार्फत हुने बताए ।