• Recent

    वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालो मोसो दलियो

    पुस २०, २०७५ 
    काठमाडौं 
    नेपाल वायुसेवा निगमका महा प्रबन्धक सुगतरत्न कंसाकारलाई नेकपा क्रान्तिकारी माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसाे दलेका छन् । 
    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसाकारलाई कालोमोसो दलेको हो । 

    वाइडबडी जहाज खरिद प्रकरणको विषयलाई लिएर क्रान्तिकारी युवा लिगका युवाहरुले कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । वाइडबडी खरिद प्रकरणमा महाप्रबन्धक कंसाकारसहित सातजनालाई कारबाही गर्न लेखा समितिले प्रतिवेदन नै निकालेको थियो । 


    वाइडबडी जहाज खरिदमा भएको भनिएको ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचारमा कंसाकार मुख्य भूमिकामा रहेको भन्दै युवा लिगले कालोमोसो दलेको हो 
    यो पनि हेर्नुस : 


    Loading...