• Recent

    भाबीको अनौठो लेखा : श्रीमान श्रीमतीको एकै दिन मृत्यु

    काठमाडौँ :  कालगतिले श्रीमान श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । 

    यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । 

    अस्पतालमा  जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषण गरेका थिए । चिकित्सकले अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताएका थिए । श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीय श्रीमती सबै प्रकृया पूरा गरेर कोरामा बस्न लागेकी थिइन् । सोही अवस्थामा उनलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको मृत्यु भएको हो  । 

    विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ । विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो ।उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो ।विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ । 

    विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो ।उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो । 

    Loading...