• सुरेन्द्रले पाए आयल निगमको प्रमुख जिम्मेवारी जसले घाटामाा रहेको सिमेन्ट उधोगलाई पनि नाफामा पुर्याएका थिए

    काठमाडौं , पौष २४ 
     नेपाल  सरकारले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेसँगै नयाँ कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई नियुक्त गरेको हो । घाटा र अनियमितताले थलिएको आयल निगममा पौडेलको नियुक्तिलाई आशाको नजरले हेरिएको छ ।
    यसअघि तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले निगमको जग्गा खरिदमा ठूलो भ्रष्टाचार गरेको आरोप लागेपछि उनी बर्खास्तगीमा परेका थिए । हालै उनीविरुद्ध १८ करोडभन्दा बढीको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
    खड्काको बर्खास्तगीपछि केही समय निमित्तको भरमा चलेको निगमको नेतृत्वका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसमा आवेदन दिएका मध्ये ५ जनाको नाम सर्टलिस्ट हुँदै मन्त्रालयले अन्ततः अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेल गरी ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सोही लिस्टबाट सोमबार मन्त्रिपरिषदले पौडेललाई आयल निगमको मुख्य जिम्मेवारी दिएको हो ।
    यसअघि पौडेल उदयपुर सिमेन्ट उद्याेगककाे महाप्रबन्धक थिए । उनकाे तीन वर्षे कार्यकालमा घाटामा रहेको उदयपुर सिमेन्टमा महत्वपूर्ण सुधार गरेको श्रेय दिइन्छ । उनी अाउँदा साे उद्याेगमा २० करोड तत्कालै तिर्नुपर्ने ऋण थियो । उनकै सक्रियतामा उदयपुर सिमेन्टले गत वर्ष २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियाे ।