• डकुमेन्ट्री फिल्म "कौराहा" की नायिका सविता राना मगर "नाना" हङकङ प्रस्थान

    माघ ११, पोखरा पदम थापा मगर 

    राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालले निमार्ण गरेको डकुमेन्ट्री फिल्म "कौराहा" की नायिका सविता राना मगर "नाना" मगर रोष गुमष्ठा हङकङको आयोजनामा जनवरी २७ तारिख बेलुकी ९:३० बजे चिम्साचुईको क्यान्टोनरोडमा अवस्थित ओसियन सेन्टर हलमा भब्य प्रदर्शन हुन लागेको डकुमेन्ट्री फिल्म "कौराहा" प्रदर्शनको शिलशिलामा बेलायतबाट हङकङ प्रस्थान गरेकी छिन । 

    कुमार राना मगर र अनिता राना मगरको कोखबाट सन् १९९४ मा ब्रुनाईमा जन्मेर हाल बाबाआमा संगै बेलायत बस्दै आएकी सविता राना मगर (नाना) यु.केमा आयोजना हुने हरेक कार्यक्रमहरुमा मगर समुदायको संस्कृतिमा अधारित मौलिक कौराहा, सालैजो जस्ता गीतहरुमा नृत्य गर्दै आएकी उनी बेलायतमा भएको मगर गट ट्यालेन्ट्स–२०१७ मा प्रथम भएकी थिइन् । 

    प्रदेशमा रहेर पनि सानै देखि नेपाली कला र संस्कृतिलाई अत्यन्तै माया गर्ने "नाना" ले डकुमेन्ट्री फिल्म "कौराहा" मा मुख्य नायिकाको भुमिका निर्वाह गरेकी छिन । मगर समुदायमा नचाइने विभिन्न नाचहरु मध्येको एक प्रमुख नाचको रुपमा लिईने "कौराहा" पछिल्लो समय नेपाली लोकसंगीतको एउटा हिस्सा बनेको छ । 

    मगर संस्कृतीमा आधरित नेपाली भाषाको डकुमेन्ट्री फिल्म "कौराहा" को छायांकन कौराहाकै उद्गमस्थल तनहुँको ऋषिङ माझकोट र आँपथोकमा गरिएको हो । सञ्चारकर्मी हर्क आले मगरको लेखन तथा निर्देशनमा बनेको सो फिल्मको मुख्य भुमिकामा रविन्द्र थापा मगर र सविता राना मगर "नाना" रहेका छन् ।


     तेस्तै अन्य कलाकारहरुमा पवन राना मगर, पदम थापा मगर, राम आले मगर, सरुना वानटाङ्गे मगर, सृजना आले मार, सोनाम आले मगर लगायतले अभिनय गरेका छन् । फिल्ममा अशोक आले मगरको सहनिर्देशन, नविन केसीको छायांकन र नेत्र गुरुङको सम्पादन रहेको छ ।