• काठमाडौं टुँडिखेलमा झल्कियो मगर पहिचान : मगर समुदायले माघे सकरान्ती धुमधाम संग मनाए

    काठमाडौं, माघ १ 
    काठमाडौंमा बस्दै आएका मगर समुदायले माध्या सकराटी पर्व राजधानीको टुँडिखेलमा धुमधामका साथ मनाएका छन् ।  साे अवसरमा मगर समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको र्याली काठमाडौंको भृकुटीमणडपबाट टुंडिलेखमा गएर सभामा परिणत भएकाे थियाे ।


     महोत्सवमा जम्मा भएका अाफन्तहरूबीच मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरियाे । महोत्सवमा मगर,थारू,छन्त्याल, राइ शेर्पा जातिका विभिन्न खानाका परिकाराका स्टलहरू राखिएका थिए ।

     कार्यक्रममा अतिथिकाे तर्फबाट बाेल्दै उर्जामन्त्री बर्षमान पुनले परम्परागतरूपमा मनाइदै अाएकाे माघी पर्वले नेपालका जनजातीकाे परिचय िदएकाेले यसलाइ संरक्षण गर्नुपर्ने धारणा राखे । 
     सभामा बालबालिका मन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर र नेपाल मगर संघका अध्यक्ष नविन राेकामगर लगाएतकाे सहभािगता थियाे । सहभागीहरू अाफ्नाे समुदायकाे परम्परागत पाेषाक लगाएर उपस्थित भएका थिए ।

    के हो माघे सकराती र किन मान्ने गर्छन् मगरहरुले माघे सकराती ?

    पालका परापुर्बकालका देखि मगरहरुको माघेसकराती चाड हरेक बर्ष माघ १ गते मान्ने गर्दछन बिशेष चेलीबेटी बोलाइ घरमा खुसिका साथ खानपिन र रमाइलो पर्वको रुपमा मनाइन्छ । 

    नयाँ यामको सुरुवात सक्रान्ती कै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने मगर संस्कृतीमा चलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को फुल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ । 

    माघे सकरातीको दिन छोरी चेलीहरुलाई तरुल गिठा भ्याकुर भुजौरी खिचडी घिउ,मह बटुक आदी इत्यादी परिकारहरु बनाइ दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । 

    यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गर्दछन्। साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु चर्को आबाज निकाल्ने बाजागाजा बजाइ मगरहरुको पर्ब रमाइलो खुसिका साथ मनाइने गर्ने गर्छन मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्वपुर्णरुपमा मान्दछन्। 

    नेपालमा आदीम कालदेखी बसोबास गर्दै आएकामगरहरु नेपालको सबै जिल्लाहरुमा बसोबास  गरेका मगर समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन्। 

    भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम÷पाङ) र मगरकाइके बोल्ने गर्दछन् । मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलितमा छ। माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । 

    ससैगरी बिभिन्न ठाउमा माघेसक्रान्तीको तयारीको लागी बिभिन्न संस्थाहरुले माघेसक्रान्तीको कार्यक्रम पनी तैयारी गर्दैछन। मगर समुदायले माघे सकराती पर्वमा आफ्नो चेलिबेटीहरुलाई पूजा गर्ने चलन रहेको विभिन्न खानेकुरा तथा उपहारहरु यस सकरातीमा दाजुभाइ,माइतीहरुले चेलिवेटीलाई दिने चलन छ।

     मगरहरुको संस्कृतीमा कुनैपनी धर्म संग अन्तरसम्बन्धित छैन मगरहरु परापुर्बकाल देखिनै आफ्ना कुल देवता,धर्तीमाता,चण्डी ,पारिङ्गे पुजा आर्चनागरी सेतो तिका लगाउने र ठुलाबडाले आशिष दिने चलन रहिआएकोछ। 
    magarlaapha.com साभार