• बद्री पंगेनीले रवीलाई यस्तो भने

    सालको पात टपरी ...... बोलको लोक तथा दोहोरी गीत पछिल्लो समयको सर्वथा रुचाईएको गीत हो। उक्त गीतमा लोकप्रिय सर्जक एवम् गायक बशन्त थापाको लय तथा नवराज पन्तको शब्द रचना रहेको छ। त्यस्तै चर्चित गायिका विष्णु माझि र कुलेन्द्र बि।क।को स्वर छ। ‘सालको पात टपरी हुने’ गीत नेपालीहरुको मुखमा मात्रै नभएर बिदेशी पाहुनाहरुको मुखार विन्दुमा समेत झुण्डिन सफल भएको गीत हो।

     तर ‘नेपाल आइडल सिजन टु’ रवि ओडलाई भने यहि गीतले विवादमा तानेको छ। अष्ट्रेलिया भ्रमणमा रहेका रविले केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए। रविलाई यस गीतका संगीतकार बशन्त थापाले गीतको शब्द र भाका बिगारेर गाएको आरोप लगाएका छन्। संगीतकार थापाले फेशबुकमा एक स्टाटस लेखेर गीतका सर्जकसँग अनुमति नलिई गाएको, गाउनु अघि क्रेडिट नदिएको तथा शब्दहरु नै तोडमोड गरेर गाएको भन्दै दुःख प्रकट गरेका थिए। बद्री पंगेनी बशन्त थापाको पक्षमा यसै सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवम् लोकप्रिय गायक बद्री पंगेनीले संगीतका थापाको बचाउ गरेका छन्।  

    सामाजिक सञ्जालमा रविका फ्यानहरुले संगीतका थापाको स्टाटसलाई लिएर तल्तो स्तरका गालि समेत गरेका थिए। अध्यक्ष पंगेनी फेशबुकमा लेख्छन्,‘संगितकार वसन्त थापाको भनाइलाइ लिएर सामाजिक संजालमा जुन स्तरको गाली गरिएको छ। त्यो अभिव्यक्ति स्वतन्त्रताको गलत प्रयोग हो। पुरै समाचार नपढी समाचारको सार तत्व नबुझी एउटा सर्जक माथी यो तहमा खनिनु न्याय संगत हुदैन मेरो सम्पुर्णमा अनुरोध छ । 

    बसन्त थापाले कसैको अधिकार हनन गर्नु भएको छैन र उहाँले आफ्नो अधिकारको बारेमा आवाज उठाउन पाउनुहुन्छ, उहाँले पात्र होइन प्रवृत्तिको बिरोध गर्नुभएको हो। सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ र त्यसको स्वरुप नबिग्रोस भन्ने चाहाना राख्नु अथवा आफ्नो सृजनाको गलत प्रयोग नहोस् भन्ने सोच्नु गलत होइन त्यसैले गीत सङगीतको अनाधिकृत प्रयोग रोकौं सतही बहस नगरौ। 
    Watch Biraj Bhatta Dublicate Manoj Action :