• मलेसियाबाट धुर्मुसले रंगशालाका लागि जुटाए झण्डै ३६ लाख

     २९ माघ । 
    केहि दिन अघि मलेशियाबाट धुर्मुस सुन्तलि नेपाल फर्कन टिकट पैसा सम्म उठेन कार्यक्रम फ्लप भन्दै संजालमा फेक हल्ला फैलाईयो ।  तर तेसको बिवरित 
    भरतपुरमा निर्माण गर्ने लागिएको गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट ३५ लाख ७१ हजार रुपैयाँ जुटेको छ । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रममा उक्त सहयोग जुटेको हो । 
    मलेसियाकाेे  क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको थियो  ।  धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।

    कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जनाएका छन् । साथै यो अभियानलाई सहयोग गर्न फेरि मलेसिया भ्रमणका लागि नेपाली दाजुभाई दिदीबहिनीले निम्तो गरेको उनले जनाएका छन् । 

    धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्ब लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । यो रकम जनसहयोगबाट संकलन गर्ने फाउन्डेसनको लक्ष्य छ ।