• यूएईमा मन्त्री पण्डितलाई प्रश्न : तेल खाँने कस्तो साइकल ? तस्करको सुन पास हुने, कामदारको झिटीझाम्टोमा आँखा गाड्ने ?

     माघ २७, २०७५  
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सञ्चार माध्यमले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप लगाउनुभयो । 

     दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति युएई  यूएई पुगेका मन्त्री पण्डितले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई खुइल्याउन खोजेको आरोप लगाउनुभयो ।

     शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू  भनेर 
    त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताउनुभयो । 

    मन्त्री पण्डितले मन्त्री हुञ्जेल सरकारले दिएको सुविधाअनुसार गाडी प्रयोग गर्ने बताउनुभयो । पदीय जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने बताउनुभयो । आफूविरुद्ध जस्ता विषय आए पनि देश प्रतिको दायित्व बहन गर्न आफू विचलित नहुने मन्त्री पण्डितले बताउनुभयो ।

     मागेर मात्रै देश समृद्ध नहुने र भागेर समस्या समाधान नहुने भन्दै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । दूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल, श्रम सहचारी मोतिराम भुसाललगायत कर्मचारीको उपस्थिति थियो । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु तथा मन्त्री पण्डितका स्वकीय सचिव मदन राई पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । 

    कार्यक्रममा राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रमा कार्यरत श्रमिकको सहभागिता थियो । । सम्मेलनमै सहभागी हुन लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली तथा सचिव महेन्द्र गुरागाईँ शनिबार राति यूएई आउनु भएको छ ।


    तस्करको  सुन पास हुने, कामदारको झिटीझाम्टोमा आँखा गाड्ने ?
    यूएईमा प्रश्न गरेका हुन् ।
    सहभागीको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले भन्सारमा भइरहेको कडाइका बारेमा सरकारले सम्बोधन गर्ने आश्वासन दिनुभयो । अहिले पुरानो ऐन मात्रै कार्यान्वयन गरिएकोले समस्या देखिएको छ, यस विषयलाई सरकारले सम्बोधन गर्नेछ,’ उहाँले भन्नुभयो । 
    आफू मन्त्री भएपछि अध्यागमनको सेटिङ हटाउन पुराना कर्मचारी हटाएर ६० प्रतिशत नयाँ कर्मचारी अध्यागमन विभागमा ल्याएको पनि उहाँले स्मरण गर्नुभयो । मन्त्री पण्डितलाई भिजिट भिसामा भइरहेको मानव तस्करी नियन्त्रण, घरेलु महिला तथा पुरुष कामदारको श्रम नविकरण गरिदिन माग गर्दै दूतावासले पटक पटक मानव तस्करीमा संलग्नहरुको सूची सरकारलाई बुझाउँदा समेत कानुनी कारवाही नहुनुको कारण सोधेका थिए ।

     सरकारको कामको समीक्षासमेत गर्दै मन्त्री पण्डितले सरकारबाट सोचे अनुसार काम हुन नसकेको स्वीकार गर्नुभयो । तर सुधारका प्रयास भइरहेको भन्दै आजको भोलि नै ठूला परिवर्तन सम्भव नहुने बताउनुभयो । नयाँ संरचनागत अवस्थामा कर्मचारी व्यवस्थापन गरेर समस्या समाधान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    मन्त्री पण्डित दुबईमा आइतबारदेखि सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति यूएई आउनुभएको हो ।
    हेर्नुस डुबिलिकेट बिराज भट्टको कमाल भाइरल बन्दै मनोज