• मलेशियामा धुर्मुस सुन्तली सांझ २०७५ कार्यक्रम सम्मपन्न

     photo credit : Samarpan nepal
    माघ २२ मलेशिया
    भरतपुर चितवनमा आउदो २ बर्ष भित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य सहित सुरु गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मलेशियाको राजधानी क्वालालम्पुरमा आज धुर्मुस सुन्तली सांझ २०७५ कार्यक्रम सम्मपन्न भएको छ । 
    photo credit : Samarpan nepal
    ठुलो लगानीमा निर्माण गर्न लागिएको रंगशाला लाई पूरा गर्न केहि आर्थिक स्रोत जुटाउन र मलेशियामा रहेका नेपाली लाई मनोरंजन दिलाउन धुर्मुस सुन्तली सहितको एक कलाकार टोलि आइतबार मलेशिया आएका थिए । सिटि एक्स्प्रेस मनि ट्रान्सफरको आयोजनामा गरिएको उक्त कार्यक्रममा संचालिका याङ्जोम शेर्पाले संचालन गरेकी थिईन ।

     कार्यक्रमा चर्चित लोक गायक बद्री पंगेनिले ससुरालीमा बोलको गीतले निकै दर्शक तताएको थियो भने चर्चित आधुनिक गायिका मेलिना राईको बेजोड प्रस्तुतीले दर्शकलाई भरपुक नचाएका थिईन । त्यस्तै लोक गायिका संझना भण्डारीले थप मनोरजन दिलाएकी थिईन । कार्यक्रमको अन्त्यमा धुर्मुस र सुन्तलीले झनै हॉंस्य ब्यड़ग सैलीमा धुर्मुस र सुन्तलीको अभिनयले दर्शकलाई निकै मनोरजंन थपेको थियो । 
                                  photo credit : Samarpan nepal
    अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थको लागी राखिएको सहयोग पेटिकामा कार्यक्रमको मध्य अबधिबाट संकल सुरु भएको थियो । उक्त सहयोग पेटिकामा उपस्तिथ धेरै जसो दर्शकले आफ्नो ईच्छा अनुसार सहयोग गरेका थिए । सहयोग पेटिकामा संकलन भएको कुल रकम बिबरण बारे आयोजकले छिटै जानकारी गराउने बताएका छन् । 

    मलेशियाका तीन ठुला शहररुमा हुने कार्यक्रममा फेब्रुअरी ५ तारीख मंग्लवार मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भईसकेको छ । ६ तारीख पेनाङ राज्यमा र आउदो १० फेब्रुअरिमा जोहोरबारु राज्यमा हुनेछ ।
    कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क ३० रिंगट निर्धारण गरिएको छ भने कार्यक्रमलाई मगर संघ मलेशियाले विशेष सहयोग गर्ने संघका पेनाङ क्षेत्रीय कमिटी उपाध्यक्ष श्रवन लुङ्गेली मगरले जानकारी दिएका छन्। समर्पन नेपाल बाट साभार
    हेर्नुस डुबिलिकेट बिराज भट्टको कमाल भाइरल बन्दै मनोज