• प्रदेश 5 मा गाडी किन्दा ५७ लाख भन्दा बढी भ्रष्टाचार !

    माघ २५, २०७५
    रुपन्देही 
      प्रदेश  नम्बर 5  र प्रदेश सचिवालयले खरिद गरेका गाडीमा ५७ लाखभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको ठहर छ । १५  गाडी खरिदमा ३ लाख ४० हजार रुपैयाँका दरले भ्रष्टाचार भएको निष्कर्ष निकालेको सार्वजनिक लेखा समितिले घोटालामा संलग्न भएका व्यक्ति  किटान गरेको छैन । 


    समितिले उपभोक्ताले खरिद गर्ने भन्दा बढी मूल्यमा खरिद भएको मध्ये बाँकी रकम प्रदेश सभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ । समितिले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी रकम नतिर्न समेत निर्देशन गरेको छ । समितिले प्रदेश सभा सचिवालय र मन्त्रालयहरुले गाडी खरिद गर्दा प्रयाप्त ध्यान नपुराएको भन्दै नियत माथि नै प्रश्न उठाएको छ । 

    सर्वसाधारणले ६८ लाख ५५ हजारमा किन्न पाउने टाटा कम्पनीको स्टोर्म गाडी प्रदेशसभा सचिवालयले ७१ लाख ९५ हजार रुपैयाँ , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजार रुपैयाँ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेका थिए । प्रदेश सभाले ११ र मन्त्रालयले ४ गरी १५ वटा गाडी खरिद भएका छन् । 

    गाडी बिक्री गर्ने कम्पनीले २५ देखि २९ प्रतिशतसम्म बढी रकम असुल गरेको देखिएको सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले बताउनुभयो । उहाँले अन्तिम प्रतिवेदन माघ २९ गते प्रदेश सभालाई बुझाउने बताउनुभयो । गाडी खरिद प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
    हेर्नुस डुबिलिकेट बिराज भट्टको कमाल भाइरल बन्दै मनोज