• सामाजिक कार्यमा लागे मुकुन्दे बाल गृहका बालबालिकालाई जाडो महिनामै झुल बितरण

    २०७५ माघ २२
    बिभिन्न बिषयहरुमा  फरक मत राख्दै आएका मुकुन्द घिमिरे "मुकुन्दे" "सामाजिक संजालका आलोचित निकै  पात्र हुन् । मुकुन्द घिमिरेलाई असामान्य चेतना भएको मान्छेका रुपमा धेरैले बुझ्ने गरेका छन् ।

    फरक मत र आलोचित अभिव्यक्तिकै कारण सामाजिक संजालमा आलोचनाको शिकार हुन पुगेका मुकुन्देलाई गालीगलौज गर्ने देखि  धम्कि सम्म आइरहेका छन् । तर पनि त्यी सबै कुराहरुलाई उनि सहजै स्वीकार्दै  बेवास्था गरिदिन्छन । 
    मुकुन्द ल्याण्डको सपना बोकेका मोरङ लक्ष्मीमार्गका मुकुन्द्र घिमिरे (मुकुन्दे) एकाएक उर्लाबारीमा भेटिए । नेपालकै नमूना बाल गृहको रुपमा उर्लाबारीमा स्थापित नमूना बाल गृहका बालबालिकालाई  उनले झुल वितरण गरे । एकाएक मुकुन्दे सामाजिक क्रियाकलापमा सक्रिय भएको देखेर धेरै आश्चर्य चकित भएका छन् । 

    मुर्तिकार मञ्जुल मितेरीले सहयोग गरेका २० थान झुल वितरण गर्न मुकुन्दे सहित समाजसेबी पूर्ण वाइबा तथा केही संचारकर्मी पुगेका थिए । रत्नपार्क हुँदै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै आएका मुकुन्दे सामाजिक सेवामा लागेकै हुन् त !  यो जिज्ञासा सबैमा पलाएको छ । Watch Biraj Bhatta Dublicate Manoj Action :