• नेवि संघले पोखरा महानगरको गाडीमा आगो लगायो ५ नेता पक्राउ

    पोखरा  १९ माघ  २०७५
    नेपाली कांग्रेस निकट ने. वि. संघ का बिद्यार्थीहरुले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । शनिबार विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमा स्थित घरेलु कार्यालय नजिकैआगजनी गरेको हो । नेवि संघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभर सरकारी गाडी रोक्ने अभियान चलाएको छ ।

    बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ कास्कीका नेता सरोज केसीले जानकारी दिएका छन  । गाडीमा रहेका मानिसहरुलाई भने ओरालिएको थियो। दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने बनेको छ। 

    महानगरका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार स्वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार लिखित परीक्षा थियो । त्यसको तयारीका लागि शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको निवास मासवार गएको गाडीमा आगजनी भएको हो । 

     प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।  जसमा नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला-ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका छन
    Watch Biraj Bhatta Dublicate Manoj Action :