• काठमाडौँ -बागलुङ VIP बस सेवा सुरु

     फाल्गुन २०७५
    पोखरा जगदम्बा ट्राभल्स प्रालिले काठमाडौँ-बागलुङ अति विशिष्ट (VIP) बस सेवा शुरु गरेको छ। धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो।  

     बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ। २०  सिट क्षमताको बस आइतबारदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ। 

     यात्रुको मागलाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।  बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ”, उनले भने, “यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ 

     १५०० बागलुङ–काठमाडौँ भाडादर  तोकिएको छ। जसमा बस भाडा बाहेक खाजा, पानी, मनोरञ्जन, चिया,चिसो पेयपदार्थको शुल्क जोडिएको छ। अनलाइन बाट पनि बसको टिकट बुकिङ गर्न सकिनेछ।

    पोखरामा भेट्टिए अर्का बिराज भट्ट || हेर्नुस कमाल :